• vacancy ad
  • नक्कली प्रमाणपत्रले जागिर खाएका प्रशिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा

  • Ad Space available
  • काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेसेर सरकारी सेवा लाभ लिएको आरोपमा बझाङका एक प्रशिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयपृथ्वी नगरपालिका अन्तर्गतको जालपा माध्यमिक विद्यालयमा कार्यरत प्रशिक्षक दीपक बोहराविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

    अनुसन्धानका क्रममा बोहराले जयपृथ्वी नगरपालिकाको नगरकार्यपालिकाको कार्यालय, बझाङमा सहायक प्रशिक्षक पदमा नियुक्तिका लागि उच्च माध्यामिक शिक्षा परिषद्बाट जारी भएको प्लस छु तहको लब्धाङ्क पत्र नक्कली पेश गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

    ad space

    नक्कली प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवकको ओहदा, हैसियत, लाभ र सुविधा प्राप्त गरेको पाइएको छ । यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै अख्तियारले उनलाई सोही कानुनअनुसार कैद र जरिवानाको सजाय हुन माग गर्दै आरोपपत्र दायर गरेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय