काठमाडौं। चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदान दिने घोषणा गरेको छ ।
बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।
दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेकी हुन्।
यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदान दिएको थियो ।
टेलिफोन कुराकानीमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् ।
सिफारिस
लोकप्रिय