• vacancy ad
  • कोरोनाका नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी

  • Ad Space available
  • काठमाडौं । झण्डै एक महिनापछि कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७१४ नयाँ संक्रमित थपिएका छन् भने ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।

    देशभरका प्रयोगशालामा १९ हजार ३० नमुनाको पीसीआर परीक्षण गर्दा ६ हजार ६७७ जना र ३२२ एन्टिजेन परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको हो ।

    ad space

    काठमाडौं उपत्यकामा १ हजार ४९३ संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा १ हजार १३९, ललितपुरमा २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ६ हजार ८४५ जनाको मृत्यु भइसकेको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय