काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । उनले ३२ बलमा ७ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेका हुन् ।
उनले १२औं ओभरको तेस्रो बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन् । नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गर्ने रोहित आठौं खेलाडी हुन् । त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितले ३३ बलमा अर्धशतक पुरा गरेका हुन् ।
टस जितेर पहिला ब्याटिङ गरिरहेको लुम्बिनीले १३ ओभरका खेल सकिँदा ३ विकेट गुमाएर १०८ रन बनाएको छ । रोहितलाई टम मुर्सले साथ दिइराखेका छन् । उनी १९ बलमा २३ रन बनाएर खेलिरहेका छन् । लुम्बिनीका दुई ओपनर शून्य रनमा आउट हुँदा सन्दीप जोरा १८ रन बनाएर आउट भए ।
सिफारिस
लोकप्रिय