• vacancy ad
  • प्रधानमन्त्रीको विदेश भ्रमणबारे छलफल गर्न बोलाइएको बैठक स्थगित

  • Ad Space available
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी बैठक बोलाइएको बैठक स्थगित भएको संसद सचिवालयले जानकारी दिएको छ ।

    ओली आगामी मंसिर १७ देखि २१ सम्म चीन भ्रमणमा जाने तयारीमा छन् । ओलीको चीन भ्रमण हुनुभन्दा अघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन जाने तयारी छ । प्रधानमन्त्रीको चीन भ्रमणको तयारी तथा परराष्ट्रमन्त्रीको औपचारिक भ्रमणका लागि ओलीभन्दा अघि राणा चीन जान लागेकी हुन् । सोही विषयमा छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको थियो । 

    ad space
  • ad space
  • सिफारिस