• vacancy ad
  • रास्वपामा उपचुनावको टिकट वितरणको अधिकार कार्यवाहक महामन्त्रीलाई

  • Ad Space available
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर १६ गते हुने उपनिर्वाचनको टिकट बाँड्ने अधिकार कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

    मंगलबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार बुर्लाकोटीलाई दिने सर्वसम्मत निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए । अनपेक्षित परिस्थितिलाई मध्यनजर गर्दै पार्टी सभापति रवि लामिछानेलाई दिइएको अधिकार कार्यवाहक महामन्त्रीलाई दिइएको झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    ad space

    ‘यसै निर्णय बमोजिम पार्टीको औपचारिक पत्र प्रदान गर्ने पदाधिकारीको विवरण तथा दस्तखत हेरफेर गरिदिन निर्वाचन आयोगमा पत्राचार गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

  • ad space
  • सिफारिस