• vacancy ad
  • हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन : राष्ट्रपतिको अजरबैजान भ्रमण स्वीकृत

  • Ad Space available
  • काठमाण्डौ – सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो ।

    तीन वर्षको कार्यकाल रहने गरी प्यूठानका रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरिएको हो । सदस्यसचिवसहित आयोग नौ सदस्यीय हुनेछ । भूमि समस्या समाधान आयोगका अध्यक्ष, उपाध्यक्ष र सदस्यहरूलाई पारिश्रमिक र अन्य सुविधा दिने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

    ad space

    यस्तै राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण स्वीकृत भएको छ । मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो ।

    सरकारले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरेको छ । बैठकले प्रहरी नायव महानिरीक्षक किरण राणालाई प्रहरी अतिरिक्त महानिरीक्षकमा पदमा बढुवा गरी प्रदेश समन्वय विभाग नक्शालमा पदस्थापन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।

    उहाँका अनुसार सरकारले प्राविधिक स्वास्थ्य समूहतर्फ प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दरप्रसाद ह्योजूलाई प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा पदस्थापन गरेको छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय