• vacancy ad
  • सुदूरपश्चिम प्रदेशको एमाले संसदीय दलको बैठक स्थगित

  • Ad Space available
  • धनगढी। नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेशको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि आजका लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको छ।

    आज स्थगित भएको दलको बैठक बुधबार बिहान साढे ८ बजे बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए । उनले बैठकमा एमालेका सबै सदस्यलाई खबर गरिएको जानकारी दिए।

    ad space

    आजको बैठकमा नेता माधकुमार नेपाल पक्षका सांसदलाई मात्रै खबर खरिएको थियो । बुधबार हुने बैठकमा आफूहरूलाई पनि खबर आएको संस्थापन पक्षका सांसद एवं एमाले कैलालीका अध्यक्ष रतन थापाले बताए।

    नेता भीम रावलनिकट भएका कारण दलको नेता अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा रहेको नेपाल समूहकै केही नेताहरू बताउँछन् । तर, नेपाल पक्षकै केही सांसदहरू भने पार्टी केन्द्रको निर्देशन पालना गर्नुपर्नेमा जोड दिइरहेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय