• vacancy ad
  • दिउँसो सरकारी कार्यालयका गाडी चल्न नपाउने

  • Ad Space available
  • काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको समयमा सरकारी कार्यालयका सवारी साधन चलाउन रोक लगाइएको छ ।

    निषेधाज्ञाको समयमा आवतजावत नघटेको भन्दै उपत्यकाको तीन जिल्ला प्रशासन कार्यालयले सरकारी गाडी सञ्चालन गर्न नदिने निर्णय गरेका हुन् ।

    ad space

    मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सरकारी सवारी साधनलाई दिउँसो चल्न नदिने निर्णय गरेको हो ।

    अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन् ।

    मंगलबार चौथो पटक निषेधको आदेश थप्दै प्रशासनले निषेधाज्ञामा कडा प्रावधान ल्याएको हो । यो अवधिमा संक्रमण दर घटे क्रमशः निषेधाज्ञा खुकुलो पार्ने तयारी छ।

  • ad space
  • सिफारिस