• vacancy ad
  • काभा यू २० भलिबल : तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनलमा

  • Ad Space available
  • काठमाडौं । नेपाल काभा यू–२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

    नेपालले तुर्कमेनिस्तानलाई २५–१४, २५–२१, २५–२० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपालले प्रतियोगितामा पाँचमध्ये तीन खेल जित्दै कूल १० अङ्क जोडेर शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएको छ । नेपालले अब फाइनलमा शनिवार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।  

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय