काठमाडौं । काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ ।
कोरोना भाइरसको संक्रमणदर नघटेको भन्दै थप एक साता निषेधाज्ञा थर्ने निर्णय भएको हो ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
सो अवधिमा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ ।
किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गरिने भएको छ।
सिफारिस
लोकप्रिय