• vacancy ad
  • दर्शकहरूको अपेक्षा म राजनीतिमा आइ दिए हुन्थ्यो भन्ने पाउँछु : राजेश हमाल

  • Ad Space available
  • काठमाडौं । अभिनेता राजेश हमालले आफ्ना दर्शकहरूले आफूलाई राजनीतिमा आई दिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने गरेको सुनाएका छन् । ललितपुरमा भएको काठमाडौं कलिङ साहित्य सम्मेलनको एक सेसनमा बोल्दै उनले राजनीति ठीक अवस्थामा नहुँदा अन्य क्षेत्रका मान्छेहरू पनि राजनीतिमा आइदिए हुन्थ्यो भन्ने अपेक्षा रहने गरेको आफूले पाएको बताए ।

    ‘मलाई दर्शकहरूले राजनीतिमा आइदिए हुन्थ्यो भनेर अपेक्षा राख्नु हुन्छ । यो हाम्रो राष्ट्रको बिडम्बना हो । जो राजनीतिमा लागिरहनु भएको छ । उहाँहरूबाट खासै काम भएको छैन । उहाँहरू निराश हुनुहुन्छ । हरेक व्यक्तिले सम्भावना खोजिरहनु भएको हुन्छ । सम्भावना हरेक क्षेत्रबाट खोजिरहनु भएको हुन्छ । तर जसबाट अपेक्षा राखिएको छ उहाँहरूबाट खासै काम भएको छैन’ अभिनेता हमालले भने ।

    ad space

    जो व्यक्ति आफ्नो यात्राको पहिलो बिन्दुमा लाग्यो, सबैभन्दा उत्कृष्ट र राम्रो कार्य उसले त्यही क्षेत्रमा गर्न सक्ने बताए । ‘राजनीति भनेको मेरुदण्ड हो । मेरुदण्डले काम गरेन भने शरीरका अरु अङ्गले काम गर्दैनन् । मेरुदण्ड कमजोर हुने बित्तिकै त्यो राष्ट्रका अरु धेरै कुरा कमजोर हुन्छ ।’

    उनले चलचित्रमा अभिनय गर्ने प्रत्येक हिरो नायक हुने बताए । तर सबै नायकले त्यतिको हिरोइजम प्रदर्शन नगरेको हुनसक्ने व्याख्या गरे । ‘हरेक नायकले हरेक कथावस्तु भएको चलचित्रमा बहादुरी गर्नुपर्छ भन्ने छैन । सामान्य कथावस्तुमा पनि काम गर्न सकिन्छ । सघंर्षशील व्यक्तिको प्रतिनिधित्व गरेर अभिनय गर्न सकिन्छ । उहाँहरू पनि त नायक हो । किनकी फिल्मको कथाको केन्द्रीय पात्र नै नायक हो’ उनले भने ।

    अभिनेता हमालले पुनर्जन्म भए आफूलाई महिला भएर जन्मिनु पर्छ कि जस्तो लाग्ने बताएका छन् । कार्यक्रममा एक सहभागीले ‘यदि पुनर्जन्म भयो भने तपाईं के बन्न चाहनु हुन्छ ?’ भन्ने प्रश्नको रमाइलो जवाफ दिंदै उनले ठट्टा गरे, ‘पुरुष त भइहालियो ।’ ‘यदि अर्को जन्म छ भने सिनेमामै हुन चाहनु हुन्छ ?’ भन्ने प्रश्नमा उनले केही गम्भीर मुद्रामा भने, ‘अहिलेको बिन्दुबाट हेरियो भने चाहिँ अर्को जन्म पनि सिनेमामै होस् भन्ने लाग्छ ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय