• vacancy ad
  • जिल्ला शिक्षा कार्यालय पूर्णरुपमा हटाउनु पर्छ : गगन थापा

  • Ad Space available
  • काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनु पर्ने बताएका छन् । आज (बुधबार) सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथिको संशोधनमा भाग लिँदै उनले नेपालको संविधानले जिल्ला शिक्षा कार्यालयलाई नमान्ने भएकाले पूर्णरुपमा हटाउनु पर्ने बताएका हुन् ।

    उनले शैक्षिक गुणस्तर परीक्षण केन्द्र नभइ प्राधिकरण बनाउनुपर्ने प्रस्ताव गरे । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय पूरै हटाउनु पर्छ । किनभने हाम्रो संविधानले यसलाई मान्दैन । शैक्षिक गुणस्तर परीक्षण केन्द्र होइन, प्राधिकरण हुनुपर्छ । यो समय अटोनोमस हुनुपर्छ । त्यसपछि बल्ल यसले हेर्नसक्छ । नत्र शिक्षा मन्त्रालयअन्तर्गतकै विद्यालयहरू शिक्षा मन्त्रालयको सामान्य एउटा केन्द्रको रुपमा राखेर शिक्षा मन्त्रालयले ओभरल विद्यालयको कुरा हेर्न सक्दैन ।’ 

    ad space

    उनले भने, ‘शिक्षकलाई प्रतिष्ठा बढाउने, सेवा सुविधा बढाउने कुरा खुलेर गरौं । मिलान गर्ने कुराको सन्दर्भमा शिक्षकको उत्तीर्णाङ्क थोरैमा ५० प्रतिशत हुनुपर्छ । राहतलगायतका कुरा खुला राखेका छौँ, खुला राखौं एक पटक प्रतिष्पर्धा गर्ने मौका दिउँ ।’

  • ad space
  • सिफारिस