• vacancy ad
  • थप १२ नेतासँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री हस्ताक्षर गर्ने थप १२ जना नेतासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    आज बसेको एमाले स्थायी कमिटीको बैठकले थप १२ जना नेतालाई कारबाहीको प्रक्रिया अघि बढाएको हो ।

    ad space

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्दै सर्वोच्चमा रिट दायर गर्ने झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई निष्कासन गर्दै बाँकी १२ जनालाई स्पष्ष्टीकरण सोधेको हो ।

    स्पष्टिकरण सोधिएका नेतामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय