• vacancy ad
  • देशभरका ९९ प्रतिशत घरपरिवारमा बिजुली पुग्यो, प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्दै

  • Ad Space available
  • काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले अहिले देशभरका ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको जनाएकाे छ । प्राधिकरणको ३९ औँ वार्षिकोत्वस समारोहमा कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले ९९ प्रतिशत जनसङ्ख्यामा बिजुली पुगेको र अब प्राधिकरणले बिजुली नपुगेका ठाउँ खोज्ने बताउनुभएको हो ।

    आठ वर्षअघि ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले ९९ प्रतिशतभन्दा धेरै घरधुरीमा पुगेको र शतप्रतिशत पुर्‍याउन विकट बस्तीको खोजी भइरहेको उहाँको भनाइ छ । सुकुम्बासी, चेपाङ, मुसहर लगायतका विपन्न वर्गलाई निःशुल्क मिटरसहितको विद्युत् सेवा उपलब्ध गराइएको घिसिङले जानकारी दिनुभयो ।

    ad space

    आठ वर्षअघि वर्षायाममा दैनिक आठ/नाै घण्टा र सुख्खायाममा १८ घण्टासम्मको लोडसेडिङ व्यहोर्नु परेको कहालीलाग्दो अवस्थाबाट अहिले दैनिक सात सय मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको उल्लेख गर्दै घिसिङले अब नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताउनुभयो ।

    पछिल्लो आठ वर्षमा प्राधिकरणले सबै क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै घिसिङले आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष आठ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले अहिले वार्षिक १३ अर्ब ३१ करोड रुपैयाँसम्म नाफा कमाइरहेको बताउनुभयो ।  

    प्राधिकरणको सञ्चित नाफा ४७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । केही जिम्मेवार व्यक्तिले प्राधिकरणको नाफा कागजी मात्रै हो भने पनि महालेखा परीक्षक जस्तो सवैधानिक निकायबाट हरेक वर्ष बैधानिक लेखा परीक्षण भई प्रमाणित वित्तीय विवरणलाई कागजी मात्रै भन्न नमिल्ने बताउनुभयो ।

    विगत आठ वर्षमा विद्युतको महसुल तीन पटक गरी २५ प्रतिशत घटे पनि प्राधिकरणको नाफामा वृद्धि नै भइरहेको छ । आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्वद्ध कम्पनीमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा धेरै लगानी गरेको छ । झन्डै २६ प्रतिशत रहेको चुहावटलाई अहिले १२ दशमलव ७३ प्रतिशतमा झार्दा वार्षिक रूपमा १२ अर्ब रुपैयाँभन्दा बढी थप आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

    अहिले ५९ लाख ग्राहकमध्ये २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ मात्र कायम गरी ऊर्जा शुल्क छुट गरेकाे, सिँचाइका लागि प्रति युनिट दुई रुपैयाँमा विद्युत् उपलब्ध भएको लिफ्टिङ खानेपानीमा माग शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलियतको व्यवस्था गरेको प्राधिकरणले जनाएको छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय