• vacancy ad
  • माधव नेपाल समूहले बुझाएन स्पष्टीकरण

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेताले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएनन्।

    पार्टी अध्यक्ष ओलीको स्थानमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्नुको कारण माग्दै वरिष्ठ नेता झलनाथ खनाल र नेपाल, उपाध्यक्ष भीम रावलसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो ।

    तर कुनै नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन् । देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २६ जना सांसदले हस्ताक्षर गरेका थिए।

    स्पष्टीकरणको जवाफ नदिएपछि अध्यक्ष ओलीले नेता नेपाल, खनाल र रावललाई निलम्बन गर्ने तयारी गरेको बताइएको छ ।

    सिफारिस
    लोकप्रिय