• vacancy ad
  • सातवटै प्रदेशमा पानी पर्ने, चारवटामा भारी वर्षाको सम्भावना

  • Ad Space available
  • काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर साधारणतया बदली रहँदा मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    ad space

    कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा  भारी वर्षाको पनि सम्भावना छ । 

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

  • ad space
  • सिफारिस
    लोकप्रिय