• vacancy ad
  • नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन विप्लवको माग

  • Ad Space available
  • काठमाडौं। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रपतिले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।

    सो पार्टीका महासचिव विप्लवले विज्ञप्ति जारी गर्दैै अध्यादेश फिर्ता लिन माग गरेका हुन्। हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्ता संकट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको उल्लेख गरेका छन् ।

    ad space

    ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय