काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १८५ जनाको मृत्यु भएको छ भने ७ हजार ४२५ संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १९ हजार ८४६ नमुनाको पीसीआर परीक्षण गर्दा ७ हजार २२० र ६०७ एन्टिजेन परीक्षणमा २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । जसमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् । यसैगरी ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा र १ हजार ६९७ जना आईसीयूमा उपचाररत छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।
सिफारिस
लोकप्रिय