• vacancy ad
  • हामी ‘पोलिटिक्स’ गरे पनि ‘अपोलिटिक्स’ पनि बुझ्छौं : प्रधानमन्त्री

  • Ad Space available
  • काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले तराई-मधेश द्रुतमार्ग (फास्ट ट्याक) को खोकना क्षेत्रमा ‘राजनीतिकरण’ भएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनको जवाफ फर्काउँदै त्यहाँ अन्य कुरा पनि जोडिएको बताएका छन् ।

    फास्ट ट्रयाको धेद्रे सुरुङको दुवैतर्फ ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले प्रधानसेनापतिलाई इंगित गर्दै भने, ‘अघि प्रधानसेनापतिले ‘पोलिटिक्स नगरे पनि पोलिटिक्स बुझ्छौैं भने जस्तै हामीले ‘पोलिटिक्स’ गरे पनि ‘अपोलिटिक्स’ पनि बुझिरहेका छौं । किन यो व्यवधान भइरहेको छ ? पोलिटिक्स भन्दा पनि के–के मिसिएको छ । तपाईंहरूले ‘पोलिटिक्स’ मात्र ठान्नु भएको होला त्यहाँ अर्थतन्त्र मिसिएको छ । अरू चिज मिसिएको छ ।’

    ad space

    प्रधानसेनापति शर्माल बुङमति क्षेत्रमा साढे ६ किलोमिटरको कुरा मिल्न नसकेको बताएका थिए । ‘अहिले पनि बुङमति खोकना क्षेत्रको साढे ६ किलोमिटर क्षेत्रमा हाम्रो राजनीतिले बिगारेको अवस्थालाई फेरि राजनीतिले नै सपार्न अलिकति समय लागेको छ । हामी राजनीति नगर्ने भए पनि राजनीतिको कुरा चाहिँ बुझ्छौैं’ प्रधानसेनापति शर्माले भने । शर्माको यही अभिव्यक्तिको जवाफ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा दिएका हुन् । प्रधानमन्त्री ओलीले अब सबै खालका ब्यवधानहरू समाधान गर्न सरकार तयार रहेकाले ढुक्क भएर काम गर्न आग्रह गरे । 

  • ad space
  • सिफारिस
    लोकप्रिय