आधुनिक चिकित्सा पद्धतिमाथि अनावश्यक ढंगले प्रश्न उठाउने र होच्याउने काम गर्दै आएका
भारतीय योगगुरु रामदेवले अभिव्यक्ति फेरेका छन् । उनले आफू आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतीको विरोधी नभएको प्रतिक्रिया दिन थनलेका छन् ।
विवादास्पद बयान फिर्ता लिन भारतका केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनले पत्र नै पठाएपछि रामदेवले क्षमायाचना गरेका हुन्।
स्वास्थ्यमन्त्रीले पठाएको पत्रमा कोरोना महामारीविरुद्ध लडिरहेका योद्धाहरूको अपमान गर्दै रामदेवले देशको भावनामा गहिरो ठेस पुर्याएकोले आपत्तिजनक वक्तव्य फिर्ता लिन लेखिएको थियो।
त्यसपछि रामदेवले आधुनिक चिकित्सा विज्ञान र एलोपेथी उपचार पद्धतिमाथि गरेको कटाक्षप्रति स्वयंले खेद प्रकट गरेका बीबीसी हिन्दीमा खबर छ।
सामाजिक सञ्जालमा रामदेवले आफैंमाथि खेद प्रकट गरेको पत्र सार्वजनिक गरेका छन्। सो पत्रमा उनले लेखेका छन्, ‘यस्ता विवादलाई खेदपूर्वक विश्राम दिँदै म आफ्नो वक्तव्य फिर्ता लिन्छु।’
रामदेवको तथाकथित कोरोना निवारक औषधि प्रचार गर्न पुगेका भारतीय मन्त्री विवादमा
आफूलाई योगगुरु र आयुर्वेद विज्ञजस्ता उपाधि दिएका रामदेवको पतञ्जली नामक कम्पनी छ। सो कम्पनीले पनि अन्य उत्पादकले जस्तै अनेकथरी सामान उत्पादन गरी बजारमा बेच्ने गरेको छ।