• vacancy ad
  • काठमाण्डौ महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम अघि बढायो

  • Ad Space available
  • काठमाण्डौ – उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलिदिएसँगै काठमाण्डौ महानगरपालिकाले न्युरोडको सडक भत्काउन थालेको छ । महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालयको हस्तक्षेपका कारण रोकिएको थियो ।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट अस्ति आइतवार अन्तरिम आदेश आएपछि काम फेरि आजदेखि शुरु भएको हो । केही महिनाअघि महानगरले न्युरोडमा सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रक्रिया अगाडि बढाएको थियो ।

    ad space

    कालोपत्रसमेत काटेर काम शुरु गरिसकेको अवस्थामा सडक डिभिजन काठमाण्डौले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै विस्तारमा रोक लगाएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय