गोविन्द भुसाल । बुटवल : एमएसपी सोलुसन कम्पनी प्रा.लिले बजारमा ल्याएको मोबाइल एप्लिकेसन ‘गुनासो’ स्थानीय तहमा लोकप्रिय बनेको छ ।
केहि समय अगाडि बजारमा ल्याएको ‘गुनासो’ नामक एप स्थानीय क्षेत्रमा बसोबास गर्ने सबैका लागि उपयोगी र सबैभन्दा रुचाइएको मोबाइल एप्लिकेसन भएको पाइएको एमएसपी सोलुसनले बताएको छ।
यस एपमार्फत स्थानीय तहमा रहेको कुनै पनि समस्याहरु छिटोछरितो रुपमा जानकारी पाउन सकिन्छ । यस एपबाट कुनै पनि समस्या जस्तै बाढी,पहिरो,आगलागी, एम्बुलेन्स, खानेपानी,बाटोबारे विस्तृत जानकारी र स्थानीय तहमा भइरहेका कामको बारेमा गुनासो सहितको सुझाव स्थानीय बासिन्दाले सजिलै र छिटै स्थानीय तहका कर्मचारीहरु समक्ष पठाउन सक्नेछन् ।
लोकप्रिय बन्दै गएको ‘गुनासो ’ बाट स्थानीयबासी र स्थानीय तहमा कार्यरत जनप्रतिनिधिसंगै स्थानीयतहका कर्मचारी सम्मको अवस्था बारेमा बुझ्न सकिन्छ । साथसाथै यो एपबाट स्थानीय तहहरुले आफ्नो समाचार र विज्ञापन समेत स्थानीय बासीहरुमा पठाउन सक्ने सुविधा रहेको दाबी एमएसपि सोलुसनले गरेको छ ।

यसका साथै जनताले पठाएको गुनासोहरु स्थानीय तहबाट समाधान भएनभएको पनि सबै पालिकाबासीहरुले हेर्न मिल्नेछ तर गोपिनियताको कारण गुनासो पेश गर्ने मान्छेको नाम भने हेर्न नमिल्ने कम्पनीले जिकिर गरेको छ । यो एपमा आफुले पठाएको गुनासो कहाँसम्म पुग्यो भनेर समेत हेर्न सकिने छ भने स्थानीयतहका कर्मचारीको मोबाइलमा समेत नोटिफिकेसन जानेछ र तुरुन्तै गुनासोबारेमा एक्सन लिन सकिनेछ ।

` गुनासो ´ एपलाई मोबाइल फोनमा डाउनलोड गर्न गुगल प्लेस्टोर अथवा एप स्टोरमा गई ‘GUNASHO’ टाइप गरी सजिलै इन्स्टल गरेर प्रयोग गर्न सकिन्छ।



