• vacancy ad
  • पश्चिमका पर्यटकिय स्थानहरुलाई डिजिटाइज गर्दै ` ट्रिपगाइड नेपाल ´

  • Ad Space available
  • बुटवल । कोरोनाका कारणले सबैभन्दा बढी प्रभावित क्षेत्र हो  पर्यटन । सबैभन्दा छिटो प्रभावित क्षेत्र पनि यहि रहयो र यसै क्षेत्रलाई पुनः जिवित हुन पनि निकै समय लाग्यो ।

    This image has an empty alt attribute; its file name is trip-guide-logo.jpg

    काठमाडौमा ट्राभल एजेन्सीमा जागिर गर्दै आएका दुई युवा कोरोना महामारी पछिको लामो लकडाउनका कारण आफ्नो जागिर गुमाउन पुग्छन् । अनि आफ्नो घर `बुटवल ´ फर्किने निर्णय गर्छन्।

    ad space
    This image has an empty alt attribute; its file name is a09b2049-3037-4a1e-b7e6-23d81bc4cc4c-1024x1013.jpeg

    बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले गर्दा रुपन्देही आसपासका पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखेर  कैयौं लगानी भइरहेकै थियो यसैबीच युवाहरुले बुटवलमा सुरु गर्छन् नियो एड्भेन्चर प्रा. लि । यस कम्पनीबाट संचालित `ट्रिपगाइड नेपाल ´ बिशेषत राष्ट्रिय तथा अन्तरास्ट्रिय हवाई टिकट र आन्तरिक एबं बाह्य पर्यटनका क्षेत्रमा सहजिकरण गर्ने उद्देश्यले खोलिएको उक्त कम्पनी छोटो समयमै लोकप्रिय बन्दै गयो ।

    This image has an empty alt attribute; its file name is trp-2-901x1024.jpg

    कम्पनीका सस्थापक सागर गिरिका अनुसार ` यस  कम्पनीले सेवाग्राहीलाई  थप सहजताका लागी अफिसियल वेबसाइट र मोबाइल एप डेभलपमेन्टको काम  भइरहेको बताए। हाल कम्पनिको बेवसाइटमा पश्चिमका प्रख्यात पर्यटकिय स्थलका बारेमा महत्त्वपूर्ण जानकारिहरु  ब्लग मार्फत प्रकाशित भइसकेका छन्।

    बुद्धको जन्मस्थल लुम्बिनि, पुरातात्विक तिलौराकोट क्षेत्र, पाल्पाको रानी महल, रुरु क्षेत्र, रेसुङ्गा, ढोरपाटन बन्यजन्तु आरक्षण क्षेत्र, रुकुमको तकसेरा गाउँ, एतिहासिक गोरिल्ला पदमार्ग, जल्जला, जुम्ला, बाँके- बर्दीया राष्ट्रिय निकुन्ज, सुक्लाफाँटा, बडिमालिका, रारा, शे-फोकसुन्डो  ताल, अपि हिमाल बेस क्याम्प हुम्लाको लिमि उपत्यका लगायतका ठाउँहरुका बारेमा सम्पुर्ण जानकारि सहितको आर्टिकलहरु वेबसाइटमा प्रकाशित भइसकेको ट्रिपगाइडका सह-संस्थापक प्रदिप भुसालले जानकारि  दिए।

    This image has an empty alt attribute; its file name is trii-1-1024x1024.jpg

    स्थापनाको तीन बर्षमै  ट्रिपगाइड नेपालले काठमान्डौको कमलपोखरि र बुटवलको मिलनचोक तिनकुनेमा आफ्नो कार्यालय स्थापना गरि सेवा दिइरहेको छ। अन्तरास्ट्रिय हवाइ सेवा प्रदायक कम्पनि कतार एयरवेज, सिङ्गापुर एयर, थाइ एयर, मलेसियन, कोरियन, टर्किस,  क्याथे प्यासिफिक, फ्लाई दुबइ, चाइना साउथर्न, सिचुवान लगायलका एयरलाइन्सको टिकट सिधै काट्न सकिने मोवाइल एप डेभलपमेन्ट फेजका रहेका बताए। यसका साथै बैदेशिक पर्यटनका लागि जान चाहानेहरुका लागि थाइल्यान्ड, सिङ्गापुर, भियतनाम, मलेसिया, इन्डोनेसिया बालि लगायतका ठाउँहरुका लागि स्पेशल प्याकेजको व्याबस्था पनि रहेको छ।

    This image has an empty alt attribute; its file name is tripp-1024x1024.jpg
  • ad space
  • सिफारिस
    लोकप्रिय