सल्यान। कोरोना सङ्क्रमणबाट आज तीन जनाको मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट सल्यान जिल्लामा मृत्यु हुनेहरूको सङ्ख्या ३५ पुगेको छ।
कोरोना सङ्क्रमणबाट छत्रेश्वरी गाउँपालिका–६ का ६३ वर्षीय, बागचौर नगरपालिका–९ का ५२ वर्षीय र त्रिवेणी गाउँपालिका६ का ५८ पुरुष छन्। मृत्यु हुने तीनै जनाको सल्यान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ।
सिफारिस
लोकप्रिय