• vacancy ad
  • सभापति लामिछानेले लिखित प्रस्ताव पेश गर्न दिएनन् : महामन्त्री ढकाल

  • Ad Space available
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् ।

    जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समिक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।

    ad space

    उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रीय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’ बैठकलाई प्रत्यक्ष प्रशारणको माग राखेका ढकालको सो माग पुरा नभएपछि उनले मुखमा कालो टेप लगाएर सहभागिता जनाइरहेका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय