काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ ।
देशभर १८ हजार ९६५ पीसीआर परीक्षण गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमितमध्ये २ हजार ८२१ काठमाडौं उपत्यकाका छन् । जसमा काठमाडौंमा १ हजार ७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।
पछिल्लो २४ घण्टामा ७ हजार ६६४ जना संक्रमणबाट मुक्त भएका छन् ।
सिफारिस
लोकप्रिय