• vacancy ad
  • राष्ट्रपति भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

  • Ad Space available
  • काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् ।

    यो अध्यादेशअनुसार अब जन्मसिद्ध नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता पाउनेछन्।

    ad space

    हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजका आधारमा नागरिकता पाउँदैन थिए। मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

    नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलमा भएपनि पारित हुन सकेको छैन । सरकारले संसद विघटन गरेपछि अध्यादेश मार्फत अर्को नागरिकता ऐन ल्याएको हो ।

    No description available.
  • ad space
  • सिफारिस
    लोकप्रिय