• vacancy ad
  • काठमाण्डौ महानगरले १३ वटा सामुदायिक विद्यालयले भाडा लगाएका १ सय ७५ वटा सटरमा ताला लगायो

  • Ad Space available
  • काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको शिक्षा विभागले १३ वटा सामुदायिक विद्यालयले वहालमा लगाएका १ सय ७५ वटा सटरमा ताला लगाएको छ ।

    महानगरले ठमेलको जुद्धोदय माध्यमिक विद्यालय (जेपि स्कूल) को ४६ वटा, बानेश्वरको रत्नराज्य माध्यमिक विद्यालयको ११ वटा, कन्या मन्दिर माध्यमिक विद्यालयको ३६ वटा, गुह्येश्वरीको मङ्गलादेवी माध्यमिक विद्यालयको १२ वटा, बौद्धको जनकल्याण माध्यमिक विद्यालयको १४ वटा, चावहिलको पशुपति मित्र माध्यमिक विद्यालयको ३६ वटा र बौद्धकै महेन्द्र माध्यमिक विद्यालयको २० वटा सटरमा ताला लगाएको शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले जानकारी दिनुभयो ।

    ad space

    त्यस्तै शितला माध्यमिक विद्यालय, वोहराटार, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्ज, नव जागृति माध्यमिक विद्यालय, वोहोराटार, रुद्रमती आधारभूत विद्यालय, देवीनगर, विद्योदय आधारभूत विद्यालय, झोँछे र आधारभूत विद्यालय, लगनले भाडामा लगाएका सटर आफैँ बन्द गराएका थिए । यसअघि महानगरले अस्ति  ४ वटा विद्यालयका ६१ वटा सटरमा ताला लगाएको थियो ।

    यी विद्यालयहरुले विद्यालयको खुला जग्गा सङ्कुचित बनाएर अस्थायी टहरा बनाएका छन् । यसले विद्यार्थीको सुरक्षा, शैक्षिक तथा व्यक्तित्व विकासमा बाधा सिर्जना गरेको भन्दै  शिक्षा अधिकृत नेत्रनारायण पौडेलले विद्यालयको सम्पत्ति विद्यार्थीहरुको शैक्षिक र व्यक्तित्व उन्नतिका लागि मात्र उपयोग गर्न पाइने व्यवस्था रहेको बताउनुभयो । 

  • ad space
  • सिफारिस
    लोकप्रिय