• vacancy ad
  • प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल हुँदै

  • Ad Space available
  • काठमाण्डौ – प्रतिनिधि सभाको बैठक बसिरहेको छ । आजदेखि आउँदाे आर्थिक वर्षकाे बजेटमाथि मन्त्रालयगत रूपमा छलफल शुरु हुँदैछ ।

    आज चार वटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयतर्फको बजेटमा आज छलफल हुन लागेको हो ।

    आउँदो असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । असार ७ गते बजेट पारित गर्ने संसदीय  क्यालेन्डरमा उल्लेख छ ।

    अर्थमन्त्री वर्षमान पुनले गएको जेठ १५ गते आउँदो आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट सङ्घीय संसद‍्मा प्रस्तुत गर्नुभएको थियो । यसैबीच आउँदो ६ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

    सिफारिस
    लोकप्रिय