• vacancy ad
  • माधव नेपालसहित ११ जना नेतासँग एमालेले माग्यो स्पष्टीकरण

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको केपी ओली समूहको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जना नेतासँग स्पष्टीकरण सोधेको छ ।

    आज बसेको सो पक्षको स्थायी कमिटी बैठकले आफ्नो पार्टीको अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी दलसँग मिलेर हस्ताक्षर गरेको अभियोगमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्रीसहितका ११ सांसदसँग स्पष्टिकरण माग्ने निर्णय गरेको हो ।

    ad space

    यसपटक सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतका नेतासँग भने स्पष्टीकरण सोधिएको छैन । स्पष्टीकरण सोधिएका खनाल, नेपाल र रावलबाहेक अरु सबै समानुपातिक सांसद छन् ।

    स्पष्टीकरण सोधिएका अन्य नेतामा मुकुन्द न्यौपाने, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का छन्।

    शुक्रबार संविधानको धारा ७६(५)अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न एमालेका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय