• vacancy ad
  • सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढ्यो

  • Ad Space available
  • काठमाण्डौ – सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाकाे एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको थियो ।

    पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सिफारिस
    लोकप्रिय