गुल्मी : निजि तथा आवसिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) गुल्मीले निजि र सरकारी बिद्यालय बिच विभेद गरेको गुनासो गरेका छन् ।
शुक्रबार सदरमुकाम तम्घासमा रहेको आदार्श बिध्या आसर्म बाेडिङ स्कुलमा सम्पन्न पत्रकार सम्मेलनमा गुल्मीका स्थानीय तहले नै सरकारि र निजि बिद्यालय बिच नै बिवेद सिर्जना गरेको प्याब्सन गुल्मीका तथा मदाने गाउँपालिका गुल्मीका संस्थापक अध्यक्ष दान बहादुर केसीले गुनासो गरे ।
उनले स्थानीय तहले संरक्षण गरिनुमा निजिमा पढ्नु र पढाउँनु हुदैन भन्नू गलत रहेको बताएका छन् । निजि बिद्यालयहरुकाे १४ बर्षे लामो लडाइँले सार्थक पाएकाे प्याब्सन जिल्ला अध्यक्ष राजु कुवँरले बताए ।
उनले निजि पढेका बिद्यार्थीले छात्रवृत्ति नपाउँने र अहिले चैत १४ गते गते अदालतले निजिमा पढ्नेले पनि छात्रवृत्ति पाउँनुपर्ने निर्णय अदालतले समेत गरेर न्याय पाएका कुवँरले सुखद रहेको बताए । साथै कार्यक्रममा नयाँ बर्ष २०८१ काे शुभकामना आदानप्रदान समेत गरिएको थियो ।


