• vacancy ad
  • वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्नु दुःखद् :डा.कोइराला

  • Ad Space available
  • काठमाडाैं। नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नु दुःखद् भएको बताएका छन्।

    महामन्त्री डा.कोइरालाले आज विज्ञप्ति जारी गरी राष्ट्रपतिको आह्वानअनुसार नै वैकल्पिक सरकारको दाबी गरिएका अवस्थामा संसद् विघटन गरेर नयाँ निर्वाचन मिति तोकिनु लोकतन्त्र र संविधान विपरीत भएको आरोप लगाए।

    ad space

    निवर्तमान सांसद डा.कोइरालाले लोकतन्त्र र संविधान रक्षाका लागि एक जुट हुन सबैलाई आग्रहसमेत गरेका छन्।

    कांग्रेस नेत्री सुजाता कोइरालाले पनि मध्यरातमा संसद् विघटन हुनु संविधान र लोकतन्त्रमाथिको प्रहार भएको बताएकी छन्। पूर्वउपप्रधानमन्त्री कोइरालाले आज विज्ञप्ति जारी गरी देश र जनता कोरोना महामारीको पीडाबाट छटपटाइरहेका अवस्थामा संसद् भङ्ग गरेर मध्यावधि चुनावको मिति तोक्नु दुर्भाग्यपूर्ण भएको बताएकी हुन्।

    कोइरालाले कोरोना महामारीका समयमा निर्वाचन सम्भव नभएको जनाउँदै यसले देशलाई अस्थिरता र द्वन्द्वमा लैजाने बताइन्।

    कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पनि मध्यरातमा प्रतिनिधिसभा विघटन गरिनु लोकतन्त्र र संविधानमाथि हमला भएको बताएको छ। नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले विज्ञप्ति जारी गर्दै सिङ्गो मुलुक कोरोना कहरले आक्रान्त भएको र हजारौं नागरिकले ज्यान गुमाइरहेका बेलामा जनताको आवाज उठाउने थलो संसद् विघटनबाट देशलाई अन्योल र अराजकतातर्फ धकेल्ने विचार व्यक्त गरेका छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय