• vacancy ad
  • ताप्लेजुङ सदरमुकाम हुँदै ओलाङचुङगोलामा पहिलोपटक गाडी पुग्यो

  • Ad Space available
  • ताप्लेजुङ – ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका– ७, ओलाङचुङगोलामा गाडी पुगेको छ । सडकको ट्रयाक छिचोलिएसँगै गएको मंगलवार पहिलोपटक सदरमुकाम फुङलिङबाट केही जिप र ट्याक्सीहरू पुगेका हुन् । गाडी पुगेको दुई दिनपछि हिजो एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती, एमाले सचिव तथा सांसद योगेश भट्टराईसहितका नेता ओलाङचुङगोला पुगेका थिए ।

    केही वर्षअघि नै चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म स्थानीयबासिन्दाको पहलमा सडक बनेको थियो । सदरमुकामतर्फबाट भने भर्खरै मात्र सडकको ट्रयाक छिचोलिएको हो । ओलाङचुङगोलाबाट चीनको तिब्बत स्वशासित क्षेत्र जोड्ने टिप्ताला भञ्ज्याङ २४ किलोमिटर मात्र उत्तरमा छ । कोभिडपछि भने नेपाल र चीनको नाका बन्द रहेको छ। ३२ सय मिटरको उचाइमा रहेको ओलाङचुङगोलामा जम्मा ५६ वटा घर छन् ।  

    सिफारिस
    लोकप्रिय