संवैधानिक निकाय निर्वाचन आयोगले तोकिएकै समयमा निर्वाचन गर्न सम्भव रहेको जनएको छ।
निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग तोकेको मितिभित्रै निर्वाचन गराउन सकिने जानकारी गराएका हुन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन मिति तोकेकी थिइन् ।
निर्वाचन सम्बन्धी ऐनमा निर्वाचनका लागि १२० कार्य दिन तोकिएको छ । निर्वाचनका लागि गर्नुपर्ने सबै तयारी सकिने भन्ने परिकल्पनाअनुसार १२० कार्य दिन तोकिएको हो ।
विपक्षी दलहरूले सरकारको असंवैधानिक कदम भन्दै कानुनी लडाइमा जाने प्रतिक्रिया दिएका छन् ।
सिफारिस
लोकप्रिय