नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाँइ लड्ने बताएका छन् ।
पौडेलले दलहरुले बहुमतसहित प्रधारनमन्त्रीमा दाबी गर्दा प्रतिनिधिसभा विघटन गर्ने काम जालसाझीपूर्ण रहेको दाबी गरेका छन् ।
‘मध्यरातमा संविधान र लोकतन्त्रमाथि प्रहार भएको छ । कांग्रेसले यसको कानुनी उपचार खोज्छ । हामी पदाधिकारी बैठकमार्फत निर्णय लिन्छौँ,’ पौडेलले भनेका छनण ।
अन्य दलसँगको सहकार्यमा प्रतिनिधिसभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने पौडेलको भनाइ छ ।कांग्रेस पदाधिकारी बैठकले यसकै कार्ययोजना तयार गर्ने पाैडेलले बताए।
सिफारिस
लोकप्रिय