• vacancy ad
  • दादुरा–रुबेलाविरुद्धको खोप अभियान : ५६ लाख ४३ हजार जना बालबालिकाले खोप लगाए

  • Ad Space available
  • काठमाण्डौ – सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा ५६ लाख ४३ हजार नौ सय १२ जना बालबालिकाले खोप लगाएका छन् । दादुरा–रुबेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले गएको फागुन १३ देखि चैत ७ गते (हिजो) सम्म खोप अभियान सञ्चालन गरेको थियो ।

    बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिका खोप लगाउने लक्ष्य रहेकामा ५६ लाख ४३ हजार नौ सय १२ जनाले बालबालिका खोप लगाएका हुन् । उहाँले लक्ष्यअनुसार बालबालिकाले खोप लगाएका भन्दै प्रारम्भिक चरणको प्रतिवेदनमा ९६ प्रतिशतले खोप लगाएका पाइएको बताउनुभयो ।

    ad space

    सरकारले यस वर्ष दादुरा–रुबेलाको सङ्क्रमणलाई ध्यान दिँदै पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको  थियो । पश्चिम रुकुम र जाजरकोटमा यसअघि नै अभियान सञ्चालन भएको थियो ।

    भारतसँग सीमा जोडिएका २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र ५१ जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई खोप लगाइएको थियो । खोप अभियान सफल बनाउन देशभर ४८ हजार सात सय ९८ खोप केन्द्रमा ४९ हजार नौ सय ३७ जना स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ जना स्वयंसेवक परिचालन गरिएको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय