• vacancy ad
  • प्रधानमन्त्रीमा ओली र देउवाको दाबी, राष्ट्रपतिले आधार अध्ययन गर्ने

  • Ad Space available
  • काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुई जनाको दाबी परेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पक्षमा बहुमत रहेको दाबी पेस गरेका छन् ।

    राष्ट्रपति विद्या भण्डारीले बिहीबार संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि आज ५ बजेसम्मको समय दिएकी थिइन् । राष्ट्रपतिले दिएको समयभित्र प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको समर्थनमा ओली र देउवाले दाबी पेस गरेका हुन्।

    ad space

    ओलीले नेकपा एमालेका १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् भने देउवाले देउवाले कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षका १३ र एमालेका माधव नेपाल पक्षका २७ सहित १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

    राष्ट्रपतिले दुवै जनाले बहुमतको दाबी गरेपछि प्रस्तुत आधार अध्ययन गरेर निर्णय लिने जानकारी गराएकी छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय