

यसअघि नै असंवैधानिक कदम चालेर प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको मिति तोकोका प्रधानमन्त्री केपी शर्मा ओली फेरि देशलाई निर्वाचन तर्फ डोर्याएका छन् । संवैधानिक व्यवस्थाको पुन उंलघन गर्दै उनले प्रतिनिधि सभा विघटनतर्फको बाटो रोजेका छन् ।
संविधानविद् चन्द्रकान्त ज्ञवाली शुक्रबार नै प्रतिनिधिसभा विघटन गरेर चुनाबको मिति तोक्ने संभावना देख्छन् । संविधानअनुसार प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाब गर्नु पर्ने हुन्छ । यसो हुँदा आगामी मंसिरसम्म निर्वाचन गराउनु पर्ने छ।
संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिदिन भन्न पाइदैन । यस्तो अवस्थामा पनि नैतिकताका आधारमा राजीनामा पछि मात्रै नयाँ प्रकिया सुरु गर्नु पर्ने हुन्छ । तर प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले संविधानको धारा ७६. ५ अनुसार प्रतिनिधिसभा सदस्यलाई बहुमतको सरकार दिन २१ घण्टे समय दिएकी छन् । यसअघि नै प्रतिपक्ष र सत्तापक्षमा पनि बहुमत पुग्न सकेको थिएन । यस्तो अवस्थामा संविधानको धारा ७६ को ७ बोमोजिम प्रतिनिधिसभा विघटन गरेर चुनावी मिति तोकिने छ ।