• vacancy ad
  • ‘सुसाइड नोट’ शालिनले नै लेखेको पुष्टि : मम्मी–बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी !

  • Ad Space available
  • काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेलले आत्महत्या गर्नुअघि आफैले ‘सुसाइड नोट’ लेखेको पुष्टि पुष्टि भएको छ ।

    यही फागुन १२ गते होस्टलको पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा फेला परेकी शालिनले लेखेको सुसाइड नोट प्रहरीले फेला परेको थियो । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट ‘सुसाइड नोट’ उनले नै लेखेको पुष्टि भएको हो । उनले ‘सुसाइड नोट’ मा लेखेकी छन्, ‘सरी एभ्रिबडी, मैले अहिलेसम्म जति पनि गल्ती गरें, मेरो मम्मी–बाबालाई याद गर्छु भन्दिनु, आईएम सरी !’

    ad space

    यसअघि पोष्टमार्टम रिपोर्टले पनि उनले आत्महत्या नै गरेको देखाएको थियो । तर उनको परिवारले आत्महत्या नभई बलात्कारपछि हत्या भएको दावी गर्दै आएको छ । तर, पोष्टमार्टम रिपोर्टमा बलात्कार भएको देखिएको छैन । उनको आज मृत्युको १० दिनपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

    शालीनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टपछि उनका बाबु–आमा दुवैको उपस्थितिमा मंगलबार दिउँसो अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिका क्रममा शालीनलाई चितवनको होस्टेलमा राखेर काठमाडौंमा बस्दै आएका बाबु दीपेन्द्र पोखरेल उपस्थित थिए । त्यस्तै दीपेन्द्रसँग सम्बन्धविच्छेदपछि पाकिस्तानीसँग बिहे गरेर दुबईमा बस्दै आएकी आमा सगुन पनि अन्त्येष्टिमा सहभागी थिइन् । त्यस क्रममा आमा–बुवा दुवै आर्यघाटमा भक्कानिएर रोएका थिए ।

    शालीनको मृत्यु प्रकरणमा दीपेन्द्रका भाइले जिल्ला प्रहरी कार्यालय, चितवनमा एकता शिशु निकेतनका प्रिन्सिपल बालहरि देवकोटा, भाइस–प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमल पौडेलविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । अहिले उनीहरूलाई चार दिन म्याद थपेर अनुसन्धान जारी छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय