• vacancy ad
  • कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियाे

  • Ad Space available
  • काठमाण्डाै – नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    पार्टीका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो  ।

    बैठकले माओवादीले सहमति तोडेर धोका दिएको पनि निष्कर्ष निकालेको छ । बैठकमा अन्य समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल भएको उपसभापति धनराज गुरुङले जानकारी दिनुभयो । आजको बैठकमा हिजो बर्खास्तीमा परेका मन्त्रीहरू पनि सहभागि थिए ।

    सिफारिस
    लोकप्रिय