• vacancy ad
  • धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिइन् समय

  • Ad Space available
  • काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताएलगतै राष्ट्रपतिले नयाँ सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी हुन् ।

    ad space

    राष्ट्रपतिले दिएको समयभित्र प्रतिनिधिसभाको कुनै पनि सदस्यले आफूलाई बहुमत सांसदको समर्थन देखाएर प्रधानमन्त्रीमा नियुक्त हुन सक्नेछ ।

    संविधानको धारा ७६ अनुसार सरकार गठनको यो अन्तिम विकल्प हो । यो विकल्पमा सरकार बन्न नसकेमा प्रतिनिधिसभा भंग भएर नयाँ निर्वाचनतिर देश जानेछ।

  • ad space
  • सिफारिस
    लोकप्रिय