• vacancy ad
  • डेढ किलो सुनसहित विमानस्थलबाट एक भारतीय महिला पक्राउ

  • Ad Space available
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन् ।
    लेपन गरिएको झण्डै सात सय ग्राम र शंकास्पद धुलो रहेको कफीको तीन वटा प्याकेटमा रहेको ७४० ग्राम गरी एक किलो ४४० ग्राम सुनसहित ३७ वर्षीया भारतीय महिला तशलिम सुलताना बुस्ना शनिबार दिउँसो पक्राउ परेकी हुन् ।

    दुवईबाट नेपाल एयरलाइन्सको उडानबाट आएकी उनलाई विमानस्थलको आगमन टेनल गेटमा जाँच गर्ने क्रममा सुन फेला परेको हो । प्रहरीले उनलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय