• vacancy ad
  • स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २३४ जनामाथि संक्रामक रोग ऐनअनुसार कारबाही

  • Ad Space available
  • काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय ३४ जनालाई प्रहरीले पक्राउ गरेर संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको छ। ऐन अनुसार एक सय रुपैयाँ देखि ५ हजारसम्म जरिवानाको व्यवस्था छ।

    त्यसरी नै ३ हजार ६ सय ७ जनालाई सम्झाइ बुझाइ छोडेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । देशभर माईकिङ तथा सचेतनामूलक कार्यक्रमअन्तर्गत १९ हजार ७९७ जनालाई सचेत गराईएको प्रहरीको भनाइ छ।

    ad space

    निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनमा तीव्रता दिएको जनाएको छ।

    यस्तै निषेधाज्ञा उल्लंघन गर्ने देशभर ४ हजार ८५९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये १ हजार ४९७ वटा गाडी र ३ हजार ३६२ वटा मोटरसाइकल छन्।

    साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८३२ जनालाई निःशुल्क मास्क वितरण गरेको जनाएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय