• vacancy ad
  • रवि लामिछानेको सम्पत्ति विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

  • Ad Space available
  • काठमाडौं : सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछाने सम्पत्ति शुद्धिकरणमा तानिएका छन् ।

    प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरेको छ । ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा आर्थिक कारोबार नभएको भन्दै उनले पत्रकार सम्मेलन गरेकै दिन माघ ८ गते विभागले २० वटा बैंकलाई पत्र लेखेर खाता विवरण तथा कागजात उपलब्ध गराउन भनेको हो ।

    चिठीमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको जाँचबुझको सिलसिलामा आवश्यक परेकाले बैंक खाता विवरण, खाता खोल्दाको कागजातहरू र बैंक मौज्दात पठाइदिन अनुरोध गरिएको छ। रविसँगै ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईको विवरण माग गरिएको छ ।

    विभागले राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबिआई, एभरेष्ट, एनआइसी एसिया, कुमारी, कृषि विकास बैंकलगायतलाई चिठी लेखेको छ।

    ग्यालेक्सीमा प्रवन्ध निर्देशक रहँदाका बखत भएको उक्त गैरकानुनी कारोबारमा ‘स्वेट शेयर’ लिएका रवि पनि मुछिएका हुन् । त्यस बखत उनले मासिक पाँच लाख बढी पारिश्रमिकसहित आकर्षक सेवा-सुविधा लिएका थिए । सोही कारण कारोबार शंकास्पद देखिएपछि सम्पत्ति शुद्धिकरणले दुबै जनामाथि छानविन थालेको बताइएको छ ।

    newskarkahna news641152
    newskarkahna news641151
    सिफारिस
    लोकप्रिय