बुटवल । फर्वाड नेपाल मल्टिपर्पोज कम्पनी प्रा.लिद्वारा संचालित फर्वाड खबर डटकमले माघ २७ गते आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा प्रथम फर्वाड मिडिया कप तथा विविध सांस्कृतिक कार्यक्रम गरि मनाएको छ ।

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेय ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम संचालिका वर्षा पाण्डेको संचालन, सांस्कृतिक कार्यक्रम संयोजक नारायण घिमिरे “भावुक” ज्यूको स्वागत मन्तव्य एवं फर्वाड नेपाल मल्टीपर्पोज कम्पनी प्रा.लि. का अध्यक्ष गोविन्द प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम मुल आयोजक समितिका सदस्य सचिव घनश्याम पाण्डे( मोहन) ले जानकारी दिनुभयो ।

प्रथम फर्वाड मिडिया कप-२०८० को उपाधि अशोक बेल्बासेको कप्तानीमा रहेको टेक्निकल टिम र फर्वाड मिडिया फुट्सल कपको उपाधी मदन भुसालको कप्तानिमा रहेको रिपोर्टर टिमले जितेको सदस्य सचिव मोहनले जानकारी गराउनु भयो । साथै राष्ट्रिय तथा स्थानिय ख्याति प्राप्त कलाकारहरुको साथमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको सांस्कृतिक कार्यक्रम संयोजक भावुकले बताए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका लुम्बिनी प्रदेशका गृहमन्त्री माननीय सन्तोष कुमार पाण्डेय ज्यूले खेल शारीरिक र मानसिक रुपमा अत्यन्तै महत्त्वपूर्ण कुरा रहेको बताउँदै पछिल्लो समयमा अन्लाईन मिडियाहरुको बिगबिगी रहेको अवस्थामा भरपर्दो र निष्पक्ष मिडिया अन्तर्गत फर्वाड मिडिया एक रहेको बताउनुभयो । त्यसैगरी कार्यक्रमका अध्यक्ष गोविन्द प्रसाद भुसालले फर्वाड मिडियाले सूचना सम्प्रेषणमा अझ मजबुत भएर लाग्ने प्रतिबद्धता जनाउँदै आगामी दिनहरुमा पनि सकारात्मक कार्यक्रमहरु गर्दै जाने बताउनु भयो ।

यस्तै कार्यक्रममा अतिथिको भुमिकामा रहनुभएका नेपाल कम्युनिस्ट पार्टी माओवादिका बुटवल नगर अध्यक्ष महेन्द्र भुसालले फर्वाड खबरले समाजमा भएका घटेका समाचारहरुलाइ सत्यतथ्य रुपमा सम्प्रेषण गर्दै समाजलाई सकारात्मक बाटो तर्फ अग्रसर गराउन मद्दत गरोस् भन्दै शुभकामना प्रदान गर्नुभयो । उहाँले मिडियाले समाज र व्यक्तिप्रती पुर्याएको योगदान बारे चर्चा गर्दै फर्वाड खबरले पनि यसबारेमा विशेष भुमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा सात उपसमितीको व्यवस्थापन रहेको थियो, जस अन्तर्गत मुल्यांकन तथा अनुगमन उपसमिति संयोजकमा दिपेन्द्र न्यौपाने, प्रचारप्रसार व्यवस्थापन उपसमिति संयोजकमा महेन्द्र कौशल, सांस्कृतिक कार्यक्रम संयोजकमा नारायण घिमिरे “भावुक” , आर्थिक व्यवस्थापन उपसमिति संयोजकमा बिपिन्द्र पाण्डे, खेलकुद व्यवस्थापन उपसमिति संयोजकमा गिरिराज पाण्डे(कृष्ण) , सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा अशोक बेल्बासे र अतिथि सत्कार उपसमिति संयोजकमा अर्जुन भट्टराई रहेका थिए ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा ग्यास्ट्रो सेन्टर बुटवल प्रा.लि रहेको थियो । कार्यक्रम बिहान ७ बजेदेखि साझ ७ बजेसम्म फर्वाड खबरको फेसबुक पेज र टेलिभिजनहरु काठमाडौको शान्ति नेपाल टिभी एचडी र गुल्मीको बि टेलिभिजन एचडी बाट प्रत्यक्ष प्रसारण भएको थियो ।



