सागर भण्डारी, गुल्मी । पर्वतको जलजला गाउँपालिकाको एक परिवारलाई समाजसेवी लिल बहादुर थापाले राहत सामाग्री प्रदान गर्नुभएको छ ।
उक्त ठाउँका सहाराविहिन मञ्जु परियारको परिवारलाई बाँकेको खजुरा गाउँपालिका ४ डिगाउँ स्थायी घर भई हाल संयुक्त राज्य अमेरीकामा रहनुहुने समाजसेवी थापाले २० हजार बराबरको खाद्यान्न, लत्ताकपडा लगायतका सहयोग सामाग्री प्रदान गर्नुभएको हो ।
मञ्जुकी ८ बर्षिय छोरी अज्ञात रोगका कारण विस्तारामा थलिएकी छन् । उनी हिँड्डुल गर्न समेत सक्दिनन् । ५ वर्ष उमेर पुगेर ६ वर्ष लाग्दै गर्दा उनमा अनौठो रोग लागेको र त्यसयता पूणर्अपांगता भई विस्तारामै थलिएको मञ्जुको भनाई छ । गरिबीले छोरीको उपचार गर्न नपाएकी मञ्जुलाई दैनिक जीवनयापनमा समेत कठिनाई भईरहेको भिडियो जिटिभि नेपालबाट प्रशारण भएको थियो ।
उक्त भिडियो सामाग्री प्रशारण भएपश्चात जिटिभि नेपालका संरक्षक समेत रहनुभएका समाजसेवी थापाले उक्त राहत सामाग्री पठाउनुभएको हो । थापाले पठाउनुभएको सामाग्री जिटिभि नेपालका अध्यक्ष एवम् सञ्चालक दिपक नेपालीले पीडित परियारको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
समाजसेवी थापाले केही दिन अगाडी पनि पर्वतकै ३ घरपरिवारलाई राहत सामाग्री प्रदान गर्नुभएको थियो । निरन्तर दिनदुखीहरुको सेवामा समर्पित थापाले अमेरीकामा आफुले आर्जन गरेको सम्पति दिनदुखीहरुको सहयोग र सेवामा सहयोग गर्दै आउनुभएको छ ।


