कोरोना संक्रमणको कारण सुरक्षामा खटिएका एक डिएसपीको मृत्यु भएको छ ।
काठमाडौ प्रहरी परिसरमा कार्यरत डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको हो ।
उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
केसी कोरोनाबाट मर्ने हालसम्मकै पहिलो उच्च प्रहरी अधिकारी हुन ।
सिफारिस
लोकप्रिय



