• vacancy ad
  • कोरोना सङ्क्रमणबीच गर्भवतीको उपचारमा चुनौती

  • Ad Space available
  • दैलेख। सबैतिर कोरोना सङ्क्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र सङ्क्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ।

    दैलेख जिल्ला अस्पतालमा सुत्केरी गराउन आवश्यक उपकरण र भौतिक संरचना पर्याप्त भएपनि दक्ष जनशक्ति नहुँदा जटिल खालको समस्या आए के गर्ने भन्ने विषयमा अस्पताल प्रशासन नै स्पष्ट छैन। तीन महिनादेखि रोकिएको प्रसुति शल्यक्रिया आजदेखि सुरू भए पनि उपचार पर्याप्त नभएको स्थानीयवासीको भनाइ छ।

    ad space

    अस्पतालका सूचना अधिकृत थिरप्रसाद रेग्मीले चिकित्सक डा.निराजन पन्त सरुवा भएर गएदेखि जटिल खालका प्रसुति शल्यक्रिया गर्नु परे सुर्खेतस्थित अस्पतालमा लैजान सल्लाह दिने गरेको बताए। अहिलेसम्म करीब ५०/६० जना यस्ता गर्भवतीलाई सुर्खेत रिफर गरिएको जनाइएको छ।

    उनले भने,‘छ महिनादेखि नियमित गर्भवती महिलाको जाँचबाहेक जटिल खालका समस्या आए रिफर गर्नुबाहेक अर्काे विकल्प छैन। अहिले त कोरोनाका कारण नर्सहरुले सामान्य र अन्य बिरामी पनि रिफर गर्ने स्थिति छ।’

    यसले गर्दा कतिपयको सुर्खेत लैजाने क्रममा बाटोमै बच्चा हुने गरेको घटना पनि छन्। जिल्ला अस्पतालमा अर्काे चिकित्सक नआएसम्म गर्भवतीका सामान्य उपचार र परामर्शबाहेक अन्य सेवा हुन सकेको छैन। सो अस्पतालमा चिकित्सक नभएका भने होइनन् तर प्रसुतिका सम्बन्धित विशेषज्ञ छैनन्।

    स्त्रीरोगसम्बन्धी चिकित्सक अत्यावश्यक रहेको भनेर सम्बन्धित निकायमा मागपत्र पेस गरे पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन।

  • ad space
  • सिफारिस
    लोकप्रिय